• ट्रेण्डिङ्ग :
आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक : उद्योगमन्त्री भण्डारी

आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक : उद्योगमन्त्री भण्डारी


  • 2.5K
    SHARES
    • पौष २६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक : उद्योगमन्त्री भण्डारी

    काठमाडौं, २६ पुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताउनु भएको छ ।

    images

    शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिनुभएको हो।

    उहाँले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गर्नुभयो । उहाँले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायतका विषयलाई लिए नयाँ कुराको खोजि गर्न आवश्यक रहेको बताउनु भएको छ ।

    मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको विकल्पको सिर्जना भएकाले अब निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्ने कार्य योजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिनुभयो ।

    उहाँले नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताउनुभएको छ । उहाँले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताउनु भएको छ।

    उहाँले अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा निगमले सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भएको छ।उहाँले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

    उहाँले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताउनुभयो ।


    उहाँले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताउनु भएको छ । उहाँले पेट्रोलियम पदार्थमा इथानोललाई मिश्रण गर्ने सरकारको तयारी रहेको बताउनु भएको हो


    तेस्रो आँखा