• ट्रेण्डिङ्ग :
‘विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति’

‘विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति’


  • 2.1K
    SHARES
    • पौष २६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.2K Views

    ‘विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति’

    काठमाडौं, पुस २६ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ ।

    images

    समितिको शुक्रबारको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफलका क्रममा उक्त विषयमा सहमति भएको हो ।

    कानुन शिक्षाको मापदण्डका सम्बन्धमा विश्वविद्यालयको अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम निर्माणमा विश्वविद्यालयले प्रयोग गर्ने प्राज्ञिक दृष्टिकोण हनन गर्न नहुने विषयमा विस्तृत छलफलपश्चात् उक्त सहमति भएको हो ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन शिक्षाको मापदण्डका विषयमा मन्त्रालयमा थप छलफल गरी अर्को बैठकमा धारणा प्रस्तुत गरिने बताउनुभयो ।

    समिति सभापति तुलसाकुमारी दाहालले कानुन शिक्षाको मापदण्डलाई व्यवस्थित र थप प्रभावकारी बनाउने विषयमा अर्को बैठकमा पुनः छलफल गरिने बताउनुभयो । समितिका सदस्यहरूले कानुन शिक्षाको मापदण्डका विषयमा सहजीकरण गर्नुपर्नेबारे राय व्यक्त गर्नुभएको थियो ।

    उक्त विधेयकमा मुख्यगरी ‘लयर्स एकेडेमी स्थापना’, लाइसेन्स लिइसकेका कानुन व्यवसायीहरूलाई तालिम र कानुन शिक्षाको मापदण्डका विषयमा व्यवस्था गरिएको छ । रासस


    तेस्रो आँखा