रोल्पा, २९ पुस । रोल्पाको लुङ्ग्री गाउँपालिकामा भीरबाट लडेर आइतवार एक महिलाको ज्यान गएको छ ।
लुङ्ग्री गाउँपालिका–५ स्थित प्रतिकुञ्जेरी सामुदायिक वनमा खर काट्ने क्रममा लडेर सोही वडाको गर्मी भन्ने ठाउँकी ३३ वर्षीय संगिता कुमारी थापाको ज्यान गएको प्रहरी चौकी किलाचौरले जनाएको छ ।
भिर बाट करिब सय मिटर तल खस्न जाँदा घट्ना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिनुभयो ।
