• ट्रेण्डिङ्ग :
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ


  • 2.5K
    SHARES
    • माघ २, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.8K Views

    दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

    काठमाडौ, माघ २ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

    images

    पक्राउ वारेन्ट जारी भएपछि बुधबार बिहानै निलम्बित राष्ट्रपति युन लाई सउलस्थित निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ ।

    यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले यून सुकलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।

    योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गर्नुभएको थियो । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिनुभएको थियो । यससँगै योन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।

    बिबिसीका अनुसार पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड देखिएको थियो । साथै प्रहरीले समेत एक हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरेको थियो ।


    तेस्रो आँखा