घोराही, ३ माघ । पुस महिनामा मात्रै दाङका १ हजार १ सयबढीले नागरिकता बनाएका छन् । भने १ जनाले नागरिकता त्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय घोराहीबाट ४ सय ३८, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ४ सय ९ र इलाका प्रशासन कार्यालय लमहीबाट २ सय ७८ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार जम्मा १ हजार १ सय २५ जनालाई नागरिकता वितरण गरिएको छ । जसमध्ये ३ वटा वैबाहिक अंगिकृत र २ वटा गैरआवासिय नागरिकता रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यामबहादुर बुढाले जानकारी दिनुभयो ।
यस्तै नागरिकता त्याग गर्नेको संख्या १ जना रहेको छ । सोही अवधिमा तिन वटै कार्यालयबाट ८ सय ८९ नागरिकताको प्रतिलिपि वितरण भएको छ ।
