• ट्रेण्डिङ्ग :
‘सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’

‘सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’


  • 2.2K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.3K Views

    ‘सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’

    काठमाडौं, ४ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ । 

    images


    बिहिबार काठमाडौंमा आयोजित पूर्वारम्भ कार्यक्रम समापन समारोहमा उहाँले यो क्षेत्रलाई नयाँपन दिन र मुलुकको आवश्यकता अनुसार संस्थाहरुलाई चलाउनको लागि सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको हो।

    उहाँले भन्नुभयो, ‘एकदमै धेरै उठेको कुरा भनेको स्वतन्त्र हुनुपर्छ भन्ने हो । हाम्रो आम सञ्चार, दूरसञ्चार विधेयक पनि आउदैँछ । सबै गरेर यो क्षेत्रलाई अब नयाँपन दिने, जुन खालको शासन प्रणाली स्थापना भएको छ, जुन खालको विज्ञान र प्रविधि विकास भएको छ, मुलुकको आवश्यकता जे छ त्यही अनुसार संस्थाहरुलाई चलाउने हो । त्यो काममा सञ्चार मन्त्रालय प्रतिबद्ध छ । यो काममा सबैको सहयोग आवश्यक हुन्छ ।’ 

    यसको साथै, उहाँले मुलुकमा अस्थिरता ल्याउने र स्वाभिमान माथि आक्रमण गर्ने प्रयासहरु भईरहेको भन्दै स्वाभिमानको पक्षमा राज्यको स्वामित्व भएको संस्था दरो भएर उभिनु पर्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा सामाजिक सद्भाव कायम गर्ने ठूलो चुनौती छ । मुलुकमा अस्थिरता ल्याउने कोशिस भई रहेको छ । हाम्रो स्वाभिमान माथि आक्रमण गर्ने काम भईरहेको छ । स्वाभिमानको पक्षमा दरो भएर उभिनु पर्छ । नाफाको लागि खुलेका संस्थाहरुले त्यो गर्दैन् । यो राज्यको स्वामित्व भएको संस्थाले गर्नुपर्छ ।’


    तेस्रो आँखा