• ट्रेण्डिङ्ग :
कुटपिट गरि हत्या गरेको अभियोगमा एक जना पक्राउ

कुटपिट गरि हत्या गरेको अभियोगमा एक जना पक्राउ


  • 3.2K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.9K Views

    कुटपिट गरि हत्या गरेको अभियोगमा एक जना पक्राउ

    रूपन्देही, ४ माघ । सियारी गाउँपालिका-७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल-६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-६ वर्दहवा बस्ने २४ वर्षीय कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनीहरू बीच एकआपसमा झै-झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा