• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा काठमाडौं-तराई-मधेस द्रुतमार्गको अवलोकन

राष्ट्रपतिद्वारा काठमाडौं-तराई-मधेस द्रुतमार्गको अवलोकन


  • 1.9K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 2.9K Views

    राष्ट्रपतिद्वारा काठमाडौं-तराई-मधेस द्रुतमार्गको अवलोकन

    हेटौँडा, माघ ४ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उहाँ मकवानपुरको बकैयामा आउनुभएको हो । 

    images

    उहाँले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनुभएको छ । नेपाली सेनाको प्रतिनिधिले अहिले सम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । 

    मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उहाँ निजगढतर्फ जाने र त्यहाँबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।pppp.jpg


    तेस्रो आँखा