• ट्रेण्डिङ्ग :
डा.भुषाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

डा.भुषाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश


  • 4.9K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.5K Views

    डा.भुषाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं, ४ माघ । डा.निकोलश भुषाल ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बीर सार्वजनिक गर्ने डा. भुषाल ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

    images

     

    न्यायाधीश शंकरबहादुर राईको इजलासले डा।भुषाललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो । साइबर अपराधको कसुरमा बिहीबार दोस्रो पटक पक्राउ परेका उनीविरुद्ध शुक्रबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    डा.निकोलश भुषालविरुद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता यसअघि भुषाल गत पुस ७ गते पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत कास्कीले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो ।


    तेस्रो आँखा