• ट्रेण्डिङ्ग :
विद्यालय तहबाटै व्यावसायिक शिक्षा सुरु गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

विद्यालय तहबाटै व्यावसायिक शिक्षा सुरु गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे


  • 1.5K
    SHARES
    • माघ ५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.3K Views

    विद्यालय तहबाटै व्यावसायिक शिक्षा सुरु गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

    सुलीकोट, माघ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालय तहबाट व्यवसायिक शिक्षा सुरु गर्ने बताउनुभएको छ। शनिबार नव ज्योति मावि डण्डीडाँडाको ५० औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो। 

    images

    समग्र शिक्षा क्षेत्रको सुधारको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सहयोगमा मात्र दक्ष युवा शक्ति नेपालबाट विदेश रोक्न सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ। अहिलेको शिक्षा स्वारोजगारमुलक नभएकाले संविधानमै व्यवसायिक शिक्षाको व्यवस्थापन गर्नुपर्ने उहाँको जिकिर छ। 

    अहिले ग्रामीण इलाकाका सामुदायिक विद्यालयमा राज्यको स्रोत र साधनबाट ठुलाठुला भवन बन्ने गरेता पनि विद्यार्थीको संख्या भने दिनप्रति दिन घट्दै गएकाले प्रदेश सरकारले राज्यको खर्च कम गराउने उद्देश्यले गण्डकी प्रदेशका सामुदायिक विद्यालयलाई गाभ्ने नीति ल्याउने उहाँले बताउनुभयो। 

    कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नवज्योति मावि डण्डी डाँडाको स्मारिका समेत मिोचन गर्नुभएको छ।  


    तेस्रो आँखा