सहनशीलतामा धर्ती हौ ,मन अति विराट जस्तै आकाश
अविश्वास छलकपट हरुको चाँङमा ममता पुर्ण विश्वास
आमा तिमि जत्तिकै प्रेणा संसारमा जहाँ खोजे नि भेटिने छैन
मुल्य विहीन सावित हुने गर्दछन् बनावटी प्रेम अनि
भौतिक चैन
दुखित कोही छौँ भने आमाको माया स्मरण मात्र गरौं
आमाको काखमा रोकिनेछ अविरल पिडा सबैलाई
भनौं
तिम्रो आशिर्वादले हुन्छ ईश्वरीय समिपको आभास
मानवीय मुल्य मान्यताको गराउने तिमी सधैं विश्वास
स्नेहि बनायौ दीप जस्तै अनि जल्न पनि सिकायौ
विपरीत परिस्थितिमा सधैं सहजै हिड्न सिकायौ
बोलीले होइन सधैं आचरणको अनुपम अभ्यास
कर्म अनुसारको फल प्राप्ति हुने दियौ विश्वास
आफुले त्याग गरि आनन्द लिने प्रेणा अनि उल्लास
भौतिकवादी विचरा हरुको आमा हौ तिमि विश्वास
अवस्था कठिन छ है घर पनि लाग्न थाल्यो बजार
भौतिक वस्तु संग निस्वार्थ स्नेही माया बिर्सी बेकार
हाम्रो मन मरुभूमि झैँ हुँदा सुके अँखामा आँसु
किनबेचको दुनियाँमा आमा बिना कसरी बाँचु
यस्ती ममतामयीको मन नदुखोस् जान अन्जान
उनको सामु रुप शिक्षा सबै बेकार नभनौ अन्जान
प्राण प्रवाहित गर्ने आमा सबैको हौ श्वासप्रश्वास
अज्ञात बस भुल समेतमा आमा तिम्रो छ विश्वास
✍️ श्रीराम दहित
श्रीराम दहित
