• ट्रेण्डिङ्ग :
दाङमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दै

दाङमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दै


  • 8.3K
    SHARES
    • माघ ७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 12.8K Views

    दाङमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दै

    दाङ, ७ माघ । पछिल्लो समय दाङमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढेको छ ।
    अघिल्लो वर्ष करेन्ट लागेर ज्यान गुमाउनेको संख्या ४ जना मात्रै रहेकोमा यस वर्षको साउन यता मात्रै ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै करेन्ट लागेर अंगभङ्ग हुनेको संख्या पनि उत्तिकै हुने गरेको छ । यद्यपि त्यसको विवरण भने प्रहरीसँग छैन् ।
    विद्युत प्राधिकरण घोराहीको लापरबाहीका कारण यस्ता घटना बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । विभिन्न ठाउँमा पोलहरु ढल्ने, रुखमा नाङ्गो तारले छुने, घरछेउमा रहेका नाङ्गो तारको व्यवस्थापन गर्न नसक्दा यस्ता घटना बढ्ने गरेको स्थानीयको भनाई छ । विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा ढल्केका पाेल र नाङ्गो तार व्यवस्थापनका लागि स्थानीयले निवेदन दिदा पनि कर्मचारीहरुले वास्तै नगरेको घोराही–१८ नवलपुरका विष्णुदेवी आचार्यको गुनासो छ ।
    घोराही वितरण केन्द्रमा मात्रै यस्ता निवेदनहरु सयौंको संख्यामा भएपनि कार्यालयको लापरबाहीका कारण नागरिकले वर्षेनी ज्यान गुमाउनु परेको छ ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप