• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ


  • 2.8K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

    काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्नुभएको छ ।

    images

    अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ ।

    प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गर्नुभएको छ । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको छ ।

    कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।


    तेस्रो आँखा