• ट्रेण्डिङ्ग :
दाङमा विद्यालयका लेखापालको कुटाईबाट विद्यार्थीको कानको जाली फुट्यो

दाङमा विद्यालयका लेखापालको कुटाईबाट विद्यार्थीको कानको जाली फुट्यो


  • 10.8K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 16.6K Views

    दाङमा विद्यालयका लेखापालको कुटाईबाट विद्यार्थीको कानको जाली फुट्यो

    दाङ, ९ माघ । दाङमा एक विद्यालयको लेखापालको कुटाईबाट विद्यार्थीको कान जालीको फुटेको छ । लमही नगरपालिका वडा नं.८ सतबरिया स्थित ग्यालेक्सि बोर्डिङ स्कुलका लेखापाल सुनिल चौधरीले कुटपिट गर्दा कक्षा ९ का विद्यार्थी निखिल खड्काको कान फुटेको हो । दुई दिन विद्यालय नआएको भन्दै लेखापालले कुटपिट गरेको निखिलका मामा विष्णु खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कानको जाली फुटेको र रगत जमेको रिपोर्ट आएको छ ।

    images

    विद्यार्थीको मंगलबार विहान गेटमै कुटपिट भएको खत्रीले बताउनु भएको छ । कुटपिट पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि लगिएको थियो । देब्रे कान नसुनिने अबस्थामा रहेको खत्रीले जानकारी दिनुभयो । खुट्टा, ढाडमा पनि चोट लागेको छ । विद्यालय पुग्न साथ गेटमै कुटपिट गरेको खत्रीको भनाई छ ।“गेटमा तीन जना शिक्षकले भाग्छ, भनेर छेकेको र लेखापालले पिटेको भनेर भान्जाले भन्छन्”, खत्रीले भन्नुभयो“यस विषयमा प्रहरीमा पनि जोहेरी दिने तयारी गरेका छौं ।”


    विद्यालयका प्रिन्सिपल गणेश प्रसाद कोइरालाले भने यो विषयमा विद्यालयले अनुसन्धान गरिरहेको बताउनुभयो ।“ खासमा डिसिपिलेन चेक गर्ने बेला हान्नु भयो होला । म पनि दिउसो उपचारकालािग गएँको थियौं, उहाँहरुले केश गर्छौ भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो“मिलेर उपचार गरौं भनेको छु, बास्तविकता केहो हामीले पनि जाँच गरिरहेका छौं ।”लाइभदाङ

    WhatsApp-Image-2025-01-21-at-4.47.44-PM.jpeg

     


    तेस्रो आँखा