• ट्रेण्डिङ्ग :
तुलसीपुरमा होटल व्यवसायी आचार्यमाथि कुटपिट, दुइजना पक्राउ

तुलसीपुरमा होटल व्यवसायी आचार्यमाथि कुटपिट, दुइजना पक्राउ


  • 10.4K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 16.1K Views

    तुलसीपुरमा होटल व्यवसायी आचार्यमाथि कुटपिट, दुइजना पक्राउ

    तुलसीपुर, ९ माघ । दाङको तुलसीपुरमा एकजना होटल व्यवसायीमाथी कुटपिट भएको छ । तुलसीपुर–३ राम्रीमा रहेको ड्रिम वाटर एण्ड लजका सञ्चालक द्रोण आचार्यमाथी हिजो राति कुटपिट भएको हो । तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्षसमेत रहनु भएका आचार्यमाथि आफ्नै होटलमा दुईजना युवाहरुले धारिलो हतियार (ग्रासी) प्रहार गरेर कुटपिट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    images

    घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीको टोली घटना स्थलमा गएको हो । प्रहरी टोलीले घटनामा संलग्न तुलसीपुर–९ बेलुवाका रमेश सापकोटा र तुलसीपुर–३ राम्रीका मुकुन्द सापकोटालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी ठकुरीले बताउनुभएको छ ।।


    तेस्रो आँखा