• ट्रेण्डिङ्ग :
एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत: सांसद गिरी

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत: सांसद गिरी


  • 2.6K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.0K Views

    एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत: सांसद गिरी

    काठमाडौं, १० माघ ।  नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ९एनआरएन०हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाउनु भएको छ ।

    images

    राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि  एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताउनु भएके हो।  उहाँले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाउनुभया ।
      
    संसारभर रहेका एनआरएनए नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा  गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरुलाई दस वर्ष निशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन् । 

    एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताउनुभयो।  यद्यपि उहाँले सरकारलाई काम गर्न दिनुपर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाउनु भएको छ ।

    उहाँले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताउनुभयो ।   ‘सबै सहकारी पीडितहरुले न्याय पाउनु पर्छ । उहाँहरुले आफुले बचत गरेको रकम फिर्ता पाउनुपर्छ । यसमा सरकारले खुट्टा कमाउनु हुँदैन ।  जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन,’ गिरीले भन्नुभयो ।  

     


    तेस्रो आँखा