• ट्रेण्डिङ्ग :
सभापति कप : चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा

सभापति कप : चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा


  • 2.4K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सभापति कप : चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा

    काठमाडौं ,१० माघ । संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
    बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौंको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
    संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोलको मद्दत गरे ।

    images
    Photo (2).jpeg


    पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ भने खेल शुक्रबार हुनेछ । 
    सभापति कपमा ८ टोलीको सहभागिता रहेको छ ।

  • सम्बन्धित विषय:

  • # संकटा एफसी

  • तेस्रो आँखा
    लेखकबाट थप