• ट्रेण्डिङ्ग :
तुलसीपुर नगर अधिवेशन तथा खबरदारी सभामा अध्यक्ष दाहाल भाेलि तुलसीपुर आउदै

तुलसीपुर नगर अधिवेशन तथा खबरदारी सभामा अध्यक्ष दाहाल भाेलि तुलसीपुर आउदै


  • 3.9K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.0K Views

    तुलसीपुर नगर अधिवेशन तथा खबरदारी सभामा अध्यक्ष दाहाल भाेलि तुलसीपुर आउदै

    तुलसीपुर, १० माघ । तुलसीपुर नगर अधिवेशन तथा खवरदारी सभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र) अध्यक्ष  तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) भोलि दाङ आउदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) नगर कमिटी प्रचारप्रसार उपसमितिको आयोजनामा बिहीबार रिपार्ट कलब दाङमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमका बारेमा जानकारी दिइएको थियोे ।

    images


    नेकपा (माओवादी केन्द्र) नगर कमिटीका अध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक मोहन थापाको अध्यक्षतामा र नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार सदस्य सेस्राम भण्डारीको प्रमुख अतिथियतामा कार्यक्रम भएको हो ।


    नगर कमिटीका अध्यक्ष मोहन थापाले कार्यक्रमको बारेमा जानकारी गराउदै तेस्रो अधिबेशन मात्र नचई आम तुलसीपुर बासिको लागि गर्व गर्न लायकको दिन भएको बताउनुभयो । पुर्व प्रधानमन्त्री तथा तेस्रोपटक सम्म प्रधानमन्त्री भइसकेको व्यक्तिलाई ल्याएर तुलसीपुरका समस्याहरुलाई सिधै केन्द्रसंग जोड्नुपर्छ भन्ने उदेश्य सहित अध्यक्ष दाहाललाई यहाँ ल्याउन लागेको उहाँको भनाइ छ । भोली ७ बजे तुलसीपुरको लागि बाकेबाट आउदै गरेको जानकारी दिनुभयो । पुर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहाल आउन लागेको हुनाल बबई पुल सम्म ४ सय बाइक स्कटिङ गरेर  सुरक्षा व्यवस्था कडाइ गर्ने बताउनुभयो ।
    नगर कमिटी थापाले अध्यक्ष प्रचण्डलाई एउटै घरका ६ जना सहिद भएका घरमा सावाँ ११ बजे खाना खुवाउने कार्यक्रम भएको बताउदै अरनिको मैदानमा १२ बजे स्वागत गराउने बताउनुभयो । उहाँले ४ बजेसम्म तेस्रो अधिवेशन तथा खुल्ला खबरदारी कार्यक्रम सम्पन्न गर्ने कार्य तालिका भएको जानकारी दिनुभयो ।


    अध्यक्ष प्रचण्ड ३ दिनको लागि दाङ जिल्लामा आउन लागेको कुरा जानकारी दिदै १२ गते घोराहीको कार्यक्रममा सहभागी हुने कार्य योजना भएको अध्यक्ष थापाले बताउनु भएको हो । साथै अध्यक्ष दाहाल राप्ती गाउँपालिका नवनिर्मित अस्पतालको भवनको उद्घाटन गरे पश्चात भैरहवा हुदै काठमाडौ जाने कार्यक्रम रहेको छ ।


    उक्त अवस्थाका प्रमुख अतिथि तथा केन्द्रीय सल्लाहकार सदस्य सेस्राम भण्डारीले पार्टीका विचारहरु, यो राष्ट्रलाई निर्माण गर्ने योजनाहरु उहाँ आफैले भने कुरा बताउनुभयो । माओवादी क्रान्तिकारी पार्टी हो अब हामी एक्लै निर्वाचन लड्ने उहाँको भनाइ छ ।ञ नेपाली जनताको आवाज उठाउने पार्टी होझउहाले भन्नुभयो, माओवादी नेतृत्वको सरकारले भष्टाचारीलाई कार्बाही गर्ने भएकाले सरकारबाट बाहिरीएको होझ । टरि गाउँ एरपोटलाई निर्माण गरेर नियमित रुपमा हवाई सेवा सुचारु गर्नेका लागि हाम्रो नेतृत्वको सरकारले निर्माण पहल गरेको बताउनु भएको हा ।


    पत्रकार सम्मेलनको सहजिकरण प्रेस सेन्टर दाङका सचिव दिपक बोहराले गर्नु भएको थियो ।


    तेस्रो आँखा