तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दाङको तुलसीपुर आइपुग्नु भएको छ । प्रचण्ड नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड तुलसीपुर आइपुग्नुु भएको हो।
उहाँले सभाअघि केही समय तुलसीपुरको दोघरेस्थित मेट्रो होटलमा कार्यकर्ता, प्रतिनिधि, सरोकारवाला र सार्वजनिक निकायका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै आज दिउँसो भने अरनीको मैदानमा हुने खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसैबिच अध्यक्ष प्रचण्ड तुलसीपुर आएसंगै यहाँको सुरक्षा व्यवस्थालाई पनि कडा गरिएको छ । सुरक्षाका लागि १सय १५ जना प्रहरी परीचालन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो । डिएसपी ठकुरीका अनुसार तुलसीपुर बजारका मुख्य मुख्य चोकमा प्रहरी परिचालन भएका छन् ।
