• ट्रेण्डिङ्ग :
प्रदेशसभा अधिवेशन आह्वान

प्रदेशसभा अधिवेशन आह्वान


  • 3.0K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.6K Views

    प्रदेशसभा अधिवेशन आह्वान

    लेखनाथ, माघ ११ । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

    images

    मङ्गलबारको मन्त्रिपरिषद् बैठकले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख कार्यालयलाई पत्रचार गरेको थियो । अहिले गण्डकी प्रदेशसभाका विषयगत समितिहरुमा तीन विधेयक छलफलका क्रममा छन् । 

    प्रदेश सभामा उपसचिव प्रेम सुवेदीले “गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक”, “गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” छलफलका क्रममा रहेको जानकारी दिनुभयो । प्रदेश सभाको बर्खे अधिवेशन असोज ७ गते अन्त्य भएको थियो । 


    तेस्रो आँखा