• ट्रेण्डिङ्ग :
तुलसीपुरको नयाँबस्तीमा जुवा खेल्दै गरेका ६ जना ५३ हजार सहित पक्राउ

तुलसीपुरको नयाँबस्तीमा जुवा खेल्दै गरेका ६ जना ५३ हजार सहित पक्राउ


  • 5.1K
    SHARES
    • माघ १२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 7.9K Views

    तुलसीपुरको नयाँबस्तीमा जुवा खेल्दै गरेका ६ जना ५३ हजार सहित पक्राउ

    दाङ, १२ माघ ।  दाङको तुलसीपुर –८ नयाँबस्तीबाट जुवा खेल्दै गरेका ६ जनालाई ५३ हजार सहित प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तुलसीपुर– ८ नयाँबस्ती निवासी ४४ वर्षका झुपराज घर्तीमगर, ४९ वर्षका टिकाराम सार्की, २५ वर्षका दोर्ण प्रसाद जैसी, ३० वर्षका धन बहादुर थापा, लक्षिमान घर्तीमगर, ३० वर्षका चेत बहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिनुभएको छ ।

    images

    पक्राउ परेकाहरूको साथबाट प्रहरीले ५३ हजार ९ सय ८० रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा