• ट्रेण्डिङ्ग :
लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश

लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश


  • 3.6K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.5K Views

    लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश

    बुटवल, १३ माघ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    images

    रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार सो आदेश दिनु भएको हाे ।

    लामिछानेसहित २२ जनालाई ५५ करोड बढी बिगोसहित पूरक मुद्दा दर्ता गरिएको छ । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख र रविको व्यक्तिगत २ करोड बिगो माग गरिएको छ ।

    लामिछानेलाई यसअघि कास्की जिल्ला अदालतले पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थ्ति स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।


    तेस्रो आँखा