• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना


  • 2.3K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

    काठमाडौँ, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएको छ।  

    images

    सामाजिक सञ्जाल (एक्स) मार्फत प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी मोदी र भारतीय जनतालाई आफ्नो न्यानो बधाईका साथै शुभकामना व्यक्त गुर्नभएको हो। 

    सन्देशमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले दुई देशबीचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् भन्ने कामना गर्नु भएको छ। रासस  


    तेस्रो आँखा