• ट्रेण्डिङ्ग :
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 4.8K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.4K Views

    सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सल्यान, १५ माघ । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुमाख गाउँपालिका ७ तुरतुरेका २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ  । 

    images

    सोमबार साँझ दार्मा गाउँपालिका ४ मौलाहाल्ने बजारस्थित सडक खण्डमा रा ७ प ४५५८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।  मोटरसाइकल दुर्घटना भइ एक सय मिटर तल गएको थियो । 

    दुर्घटनामा घाइते डाँगीको उपचारको क्रममा राती १० बजे जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । 

    शवको जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा