काठमाडौँ, माघ १५ । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९ सयले घटेको छ ।
आज एक तोला छापावाल सुनको मोल रु. एक लाख ५९ हजार २ सय कायम भएको महासङ्घले जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु। एक लाख ६० हजार १ सय मा कारोबार भएको थियो ।
यसैगरी, सोमबार रु. एक हजार ८ सय ५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु. १५ ले घटेर रु. एक हजार ८ सय ३५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
