• ट्रेण्डिङ्ग :
चितुवाको भुँवासहितको छाला बराबद

चितुवाको भुँवासहितको छाला बराबद


  • 3.0K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.6K Views

    चितुवाको भुँवासहितको छाला बराबद

    रुकुमपश्चिम, माघ १५ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२ मा चितुवाको भुँवासहितको छाला बराबद भएको छ। डिभिजन वन कार्यालय रुकुम पश्चिमको टोलीले वडाको पहाडा भन्ने स्थानबाट चितुवाको भुवाँसहितको छाला ९वन्यजन्तु अखेटोपहार० बरामद गरेको हो।

    images

    डिभिजन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार वन्यजन्तुको छाला लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट सोमबार र मंगलबार गएको १३ जनाको टोलीले उक्त छाला बराबर गरेको हो। 

    कार्यालय प्रमुख परियारका अनुसार वन्यजन्तुको छाला लुकाएर राख्ने कार्यमा संलग्न व्यक्ति घटनास्थलबाट भागेको तर निजको पहिचान खुलिसकेको बताउनुभयो। निजलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो। घटनास्थल जिल्ला सदरमुकाम खलंगाबाट चार घण्टा यातायातका साधन र थप दुई घण्टा पैदल दुरीमा पर्दछ। 


    तेस्रो आँखा