• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल गृह जिल्ला तनहुँमा

राष्ट्रपति पौडेल गृह जिल्ला तनहुँमा


  • 2.5K
    SHARES
    • माघ १६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.9K Views

    राष्ट्रपति पौडेल गृह जिल्ला तनहुँमा

    तनहुँ, माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार गृह जिल्ला तनहुँ आउनुभएको छ । माघ १६ गते सहिद दिवसको उपलक्ष्यमा गृह जिल्लामा तनहुँमा गरिने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल तनहुँ आउनुभएको हो ।

    images

    व्यास नगरपालिका–८ पुलिमराङ स्थित शहीदहरूको प्रतिमाहरूमा माल्यार्पण गर्नुका साथै र स्थानीय बासिन्दासँग भेटघाट भेटघाट गर्नुभएको हो । राष्ट्रपति जन्म गाउँमा आएपछि स्थानीय बासिन्दामा खुसी छाएको स्थानीय रामप्रसाद मिश्रले बताउनुभयो । 

    मिश्रले भन्नुभयो, ूराष्ट्रपति आफ्नो जन्मगाउँ, हुर्की खेलेको ठाउँमा आउँदा रिस्तीवासीमा उत्साह छाएको छ ।ू तनहुँमा शहीदको सालिकमा माल्यार्पण पछि राष्ट्रपति पौडेल लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसल स्थित मङ्गला माध्यामिक विद्यालयको हिरक जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । 

    राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले स्वागत गर्नुभएको थियो ।


    तेस्रो आँखा