• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्धारा सहिद स्मारकमा पुष्पहार अर्पण

राष्ट्रपति पौडेलद्धारा सहिद स्मारकमा पुष्पहार अर्पण


  • 2.5K
    SHARES
    • माघ १६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.9K Views

    राष्ट्रपति पौडेलद्धारा सहिद स्मारकमा पुष्पहार अर्पण

    तनहुँ, माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको छ ।

    images

    बुधबार उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उहाँहरुको शालिकमा पुष्पहार अर्पण गर्नुभएको हो । देशमा प्रजातन्त्र स्थापना गर्न पुलिमराङ गाउँका ६ जना सहिद भएका थिए । एउटै गाउँका धेरै जना सहिद भएकोले सो गाउँलाईलाई सहिदको गाउँ भनेर चिनिन्छ ।

    २००७ सालमा राणा शासनका विरुद्ध आन्दोलनमा होमिएका धर्मध्वज गुरुङ र २०१८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध होमिएका लालध्वज गुरुङ, शमशेर गुरुङ, भारत गुरुङ सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ सहिद हुनुभएको थियो  । पुष्पहार अर्पणपछि उहाँले स्थानीय बासिन्दासँग भेटघाट भेटघाट गर्नुभएको हो ।

    राष्ट्रपति पौडेल आजै लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यामिक विद्यालयको हिरक जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 


    तेस्रो आँखा