• ट्रेण्डिङ्ग :
त्रिशूली नदीमा बेवारिसे शव फेला

त्रिशूली नदीमा बेवारिसे शव फेला


  • 3.3K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.0K Views

    त्रिशूली नदीमा बेवारिसे शव फेला

    सुलीकोट, माघ २० । गोरखाको त्रिशूली नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका – २ गोर्दीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ५०/५५ वर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुयभो ।

    images

    उहाँका अनुसार आइतबार बिहान ८ बजेको समयमा गोरखापट्टि त्रिशूली नदीको किनारमा ढुङ्गाको बिच भागमा अड्किएको अवस्थामा नाम, थर, वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

    त्रिशूली नदीको किनारमा स्थानियले देखेपछि जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर भएको थियो । प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयो, “खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसन्धान प्रहरी टोली र विपद् व्यवस्थापन टोली कुरिनटारको सहयोगमा मृतक शवको उद्धार गरिएको थियो ।’’

    शवको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको बताइएको छ ।

    उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


    तेस्रो आँखा