तुलसीपुर, २० माघ । विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र अन्तर्गत मानपुर विजौरी फिडर अन्तर्गतका विभिन्न ठाउँमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ ।
केन्द्रले सुचना जारी गर्दै आइतवार र सोमवार मानपुर विजौरी फिडर अन्तर्गतका वनकट्टा, कालाखोलादेखि पर्सेनीसम्म विद्युत अवरुद्ध हुने जनाएको छ । उक्त फिडर अन्तर्गतको विभिन्न क्षेत्रमा कन्डक्टर अपग्रेड गर्न लागेकाले दुई दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म यि क्षेत्रमा आंशिकदेखि पूर्णरुपमा विद्युत सेवा अवरुद्ध हुने विद्युत कार्यालयले जानकारी गराएको छ ।
साथै निर्धारित समय अगावै काम सम्पन्न भएमा विद्युत लाइन सञ्चालन हुने समेत सुचनामा उल्लेख गरिएको छ ।
