• ट्रेण्डिङ्ग :
अमेरिकाविरुद्ध क्यानडा, मेक्सिको र चीनले पनि कर लगाउने

अमेरिकाविरुद्ध क्यानडा, मेक्सिको र चीनले पनि कर लगाउने


  • 4.4K
    SHARES
    • माघ २१, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.8K Views

    अमेरिकाविरुद्ध क्यानडा, मेक्सिको र चीनले पनि कर लगाउने

    काठमाडौं, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको र चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् । 

    images

    क्यानडा मेक्सि र चीनकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । तिन राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क (कर) लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो ।

    करका विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबमबीच आइतबार फोन संवाद पनि भइसकेको छ । उहाँहरुले आफ्ना देशविरुद्ध लगाइएको करको जवाफ पनि करकै माध्यमबाट दिने चेतावनी दिनु भएको छ ।

    साथै उहाँहरुले साझा सरोकारमा मिलेर काम गर्न र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सहमति पनि जनाउनु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाका केही आयात र सबै मेक्सिकन आयातहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक दिनपछि दुई नेताबीच फोन वार्ता भएको हो।

    त्यसलगत्तै मंगलबारसम्ममा ३० अर्ब क्यानाडियन डलर (२१ बिलियन अमेरिकी डलर) मूल्यको अमेरिकी सामानमा २५ प्रतिशत शुल्क लगाउनेछ घोषणा गरिसकेका छन् । त्यसको २१ दिनपछि अर्को घोषणा गर्ने उहाँले जनाउनु भएको छ । क्यानाडाले एक हजार बढी सामानहरुमा २५ प्रतिशत कर लगाउनेबारे सूची पनि सार्वजनिक गरिसकेको छ ।

    मंगलबारदेखि लागू हुने, पेय पदार्थ, सौन्दर्य प्रसाधन र कागज उत्पादनहरू सहित ३० बिलियन क्यानेडियन डलर बराबर मूल्यका अमेरिकी सामानहरूमा त्यस्तो कर लगाइने छ । दोस्रो चरणमा अर्को सूची घोषणा गर्ने क्यानाडाको तयारी छ ।


    तेस्रो आँखा