देउखुरी, २१ माघ । लुम्बिनी प्रदेशको ८ औं स्थापना दिवसको रुपमा विविध कार्यक्रम गररे उत्सव मनाइँदै छ । लुम्बिनी प्रदेशले स्थापनाको दिवसको अवसरमा आज १२ वटा जिल्लामा सार्वजनि बिदा दिएको हो । प्रदेशको राजधानी दाङको देउखुरीमा स्थापना दिवस मनाउदै छ ।
शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गरिदै छ ।
नेपाल संघियतामा प्रवेश गरे संगै नेपालमा तिन तहका सरकारको व्यवस्था गरिएको छ । जसको सहकार्य, समन्वय र सहअस्तित्वको रुपमा सञ्चालन हुन्छन । साथै तिन तहका सरकारको आ-आफनै एकल अधिकारहरु रहेका छन ।
