काठमाडौं, २२ माघ । बेलायती राजकुमार एडवार्डकी पत्नी सोफिया काठमाडौं आइपुग्नु भएको छ । उहाँ बिहान त्रिभुवन विमानस्थलमा अवतरण हुनुभएको हो ।
राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ। काठमाडौं आएपछि उहाँहरू दुवै जना लैनचौरस्थित बेलायती राजदूतावास जाने कार्यक्रम रहेको छ।
तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गनुहुने छ । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउनुहुने छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
