• ट्रेण्डिङ्ग :
सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन: सञ्चारमन्त्री गुरुङ

सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन: सञ्चारमन्त्री गुरुङ


  • 3.5K
    SHARES
    • माघ २३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.4K Views

    सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन: सञ्चारमन्त्री गुरुङ

    भक्तपुर, २३ माघ । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण बिकास निर्माणमा ढिलाई हुन गएको बताउनु भएकाे छ ।

    images

    रफत सञ्चार क्लबको १५ औँ वाषिकोत्सवका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण विकास आयोजनाहरू सम्पन्न हुन वर्षौँसम्म लाग्ने देखिएको बताउनु भएको हो।


    आयोजना निर्माणमा भएको ढिलाइका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म देखिने गरी एउटा पनि काम हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

    आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर पनि उहाँले गर्नुभएको छ । मन्त्री गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई ध्यानमा राखेर सरकारले मौजुदा कानुन सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो ।

    कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले यो कसैविरुद्ध लक्षित नरहेको उहाँले बताउनु भएको छ ।

    गुरुङले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता हटाउन कानुनमा सुधारका लागि अध्यादेश ल्याउन परेको उल्लेख गर्नुभएको हो । यस कुरामा कसैले राजनीति गर्न नहुने पनि उहाँको आग्रह थियो।

    त्यस्तै उहाँले ‘जे मन लाग्यो त्यही लेख्ने र बोल्ने’ प्रेस स्वतन्त्रता नहुने जिकिर गर्नुभयो । केही सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने काम गरेकाले त्यसको नियमन गर्न जरुरी भएको बताउनुभयो ।

    त्यहीकारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले बताएका छन् । आइटी र एआईलाई उद्योगका रुपमा विकास गर्न पनि ऐन, नियम आवश्यकता परेको उहाँले उल्लेख गर्नुभयो ।


    तेस्रो आँखा