• ट्रेण्डिङ्ग :
भिरबाट लडेर एक वृद्धको मृत्यु

भिरबाट लडेर एक वृद्धको मृत्यु


  • 2.4K
    SHARES
    • माघ २३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    भिरबाट लडेर एक वृद्धको मृत्यु

    गोरखा, २३ माघ । वृद्धा भत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

    images

    इलाका प्रहरी कार्यालय आरु घाटका प्रहरी निरीक्षक नविन गिरीले आइतबार घरबाट वृद्धा भत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्ध भत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।

    काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । ‘वृद्धा भत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उनको शव फेला परेको हो’, उहाँले भन्नुभयो ।

    घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा