• ट्रेण्डिङ्ग :
संसदमा अध्यादेश पेस नगर्ने  सरकारको निर्णय

संसदमा अध्यादेश पेस नगर्ने  सरकारको निर्णय


  • 2.6K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.0K Views

    संसदमा अध्यादेश पेस नगर्ने  सरकारको निर्णय

    काठमाडौं, २४ माघ । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

    images

    सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाउनु भएको छ ।

    लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो । कानुनमन्त्री चौरसियाले नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाउनु भएको थियो ।

    ‘प्रधानमन्त्तीले आज अध्यादेश अघि नबढाउने भन्नुभयो,’ कानुनमन्त्री चौरसियाले सभामुखलाई भनेको भनाई उद्धृत गर्दै एक नेताले भन्नुभयो ।


    तेस्रो आँखा