• ट्रेण्डिङ्ग :
सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ :सांसद श्रेष्ठ

सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ :सांसद श्रेष्ठ


  • 3.2K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ :सांसद श्रेष्ठ

    काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि  विधेयकमा युवाहरुको  विरोध भएकाले सरकारले यसको  समाधान गर्नुपर्ने बताउनु भएको छ ।

    images

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताउनु भएको हो ।

    उहाँले भन्नुभयो, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के  हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीनिटि कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको  सम्बोधन गर्नुपर्छ ।’

    साथै, उहाँले सबै सांसदहरुले युवाहरुको आवाज बोक्नुपर्ने बताउनु भएको छ । उहाँले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई  दाब्न नहुने  बताउनुभयो ।


    तेस्रो आँखा