• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ४ सय रुपैँयाले घट्यो

सुनको मूल्य तोलामा ४ सय रुपैँयाले घट्यो


  • 2.3K
    SHARES
    • माघ २५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.5K Views

    सुनको मूल्य तोलामा ४ सय रुपैँयाले घट्यो

    काठमाडौं, २५ माघ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ४ सय रूपैयाँ घटेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो। 

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    तेस्रो आँखा