• ट्रेण्डिङ्ग :
धनगढीमा १४ बर्षीया किशोरी बलात्कृत

धनगढीमा १४ बर्षीया किशोरी बलात्कृत


  • 3.6K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    धनगढीमा १४ बर्षीया किशोरी बलात्कृत

    काठमाडौँ, २७ माघ । स्कुलबाट घर फर्किनेक्रममा कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताउनुभयो ।

    images

    बाजुराबाट अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको किशोरीले बताएको डीएसपी बोहराले जानकारी दिनुभयो । घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा