• ट्रेण्डिङ्ग :
कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ


  • 4.9K
    SHARES
    • माघ २८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 7.5K Views

    कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

    धनगढी, माघ २८ । कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ ।  बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् ।

    images

    बालिकालाई शनिबार सामूहिक बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

    उहाँका अनुसार गोपालले बालिकालाई मासु पकाएर आफ्नो पसलमा ल्याउन भनेका थिए । मासु दिन गएकी बालिकालाई पसलको कोठा लगेर दुवै जनाले करणी गरेका जनाइएको छ । बिहीबारमात्रै धनगढीमा पनि एक बालिकामाथि बलात्कार भएको थियो ।


    तेस्रो आँखा