• ट्रेण्डिङ्ग :
छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण


  • 4.3K
    SHARES
    • माघ २८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.6K Views

    छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

    एजेन्सी, २८ माघ । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ । सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो ।

    images

    आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहज रूपमा हिँड्न सक्छ । रोबोटका विकासकर्ताहरूका अनुसार यसले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार दुई घण्टासम्म काम गर्न सक्छ।

    यस्ता रोबोटहरू उपकरणहरू निरीक्षण गर्न, खिया र तेल चुहावटको निगरानी गर्न प्रयोग हुने गरेका छन् ।(सीसीटीभीप्लस)


    तेस्रो आँखा