• ट्रेण्डिङ्ग :
मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित

मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित


  • 2.4K
    SHARES
    • माघ २८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.6K Views

    मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित

    काठमाडौँ, २८ माघ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

    images

    सोमवार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेस गर्नुभयो ।

    बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो ।

    राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्नेगरी स्थगित भएको छ ।


    तेस्रो आँखा