• ट्रेण्डिङ्ग :
नारायणी नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार

नारायणी नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार


  • 3.9K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.9K Views

    नारायणी नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार

    पूर्वी नवलपरासी, माघ २९ । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदिमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    images

    सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षीया अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदिमा हाम फाल्नुभएको थियो । 

    सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले उहाँलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उद्धार पश्चात उहाँलाई उपचारका लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।


    तेस्रो आँखा