• ट्रेण्डिङ्ग :
संघीय सरकारले अधिकार नदिने, हामिले गालि खानुपर्नेः चौधरी

संघीय सरकारले अधिकार नदिने, हामिले गालि खानुपर्नेः चौधरी


  • 4.7K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.2K Views

    संघीय सरकारले अधिकार नदिने, हामिले गालि खानुपर्नेः चौधरी

    दाङ, ४ फागुन । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानले प्रदेशलाई अधिकार दिएको तर कार्यान्वयनकालागि संघीय सरकारले बाधा पुरयाइरहेको बताउनु भएको छ । 

    images

    लुम्बिनी प्रदेश विकास परिषद्को बैठकलाई सम्वोधन गर्दै उहाँले संघीय सरकारले अधिकार कार्यान्वयन गर्न नदिदा प्रदेशले अनावश्यक गालि खानुपरेको बताउनु भएको हो ।

    ‘संविधानले दिएको अधिकार प्रदेशले कार्यान्वयन गर्न पाइरहेको छैन् । यसमा संघीय सरकार बाधक बन्यो’उहाँले भन्नुभयो,‘संघीय सरकारका कारण प्रदेशले अनावश्यक गालि खानुपरेको छ ।  यसलाई चाँडो टुंग्याउनुपर्छ । अधिकारबाट प्रदेशलाई बलियो बनाउन जरुरी छ ।’

    संघीय सरकारले प्रदेशमा योजना थुपार्ने तर, बजेट नदिएको भनाई उहाँको छ । प्रदेशको समृद्धि र विकासलाई प्राथमिकतामा राखेर आवधिक योजनाले दिशानिर्देश गर्नुपर्ने बताउदै उहाँले दिगो विकासलेनै प्रदेशले समृद्धि हाँसिल गर्ने बताउनभुयो ।WhatsApp Image 2025-02-16 at 3.07.46 PM.jpeg

  • सम्बन्धित विषय:

  • # डिल्लीबहादुर चौधरी

  • तेस्रो आँखा
    लेखकबाट थप