• ट्रेण्डिङ्ग :
जाजरकोट भूकम्प : प्राधिकरणले क्षतिको मूल्याङ्कन गर्न थाल्यो

जाजरकोट भूकम्प : प्राधिकरणले क्षतिको मूल्याङ्कन गर्न थाल्यो


  • 3.0K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.6K Views

    जाजरकोट भूकम्प : प्राधिकरणले क्षतिको मूल्याङ्कन गर्न थाल्यो

    जाजरकोट, फागुन ५ । भूकम्प गएको झन्डै १५ डेढ वर्षपछि भौतिक क्षतिको विस्तृत मूल्याङ्कन थालिएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

    images

    जाजरकोटमा पहिलो चरणमा भेरी नगरपालिका वडा नं १,३,४,८ र ११ का साथै नलगाड नगरपालिकाको वडा नं १,३ र ४ वाट कामको शूरवात गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। 

    जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी समीर गौतमले प्राधिकरण, स्थानीय संघ संस्था र पालिकाबाट समेत गरेर आवश्यक इन्जिनियरलाई क्षतिको मूल्याङ्कनका लागि वडा वडामा पठाइएको बताउनुभयो । सोका लागि इन्जिनियरलाई दुई दिनको अभिमुखिकरण समेत दिएर कार्यक्षेत्रमा परिचालन गरिएको गौतमले जानकारी दिनुभयो । अहिलेसम्म जाजरकोटमा ३४ हजार, रुकुम पश्चिममा ३२ हजार र सल्यानमा १ हजार ३ सय अस्थायी आवास बनेका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाले ज्यान गुमाएका थिए । 

    नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले ढिलै भएपनि क्षतिको विस्तृत मूल्याङ्कन गर्ने कार्य सुरु हुनु भूकम्प पीडितको लागि सुखद सकमचार रहेको बताउनुभयो ।  ‘यस कार्यका लागि पालिकाबाट गर्नुपर्ने कार्यसम्पादनमा पालिकाले पूर्णरुपमा प्रतिवद्ध भएर काम गर्ने नगर प्रमुख रावतले बताउनुभयो । 

    भेरी नगरपालिका १ का वडा अध्यष दीपक रानाले क्षतिको विस्तृत मूल्याङ्कन (डीडीए) गर्ने कार्य सुरु हुनु हामी वडावासी र भूकम्प पीडितहरुको लागि पुनर्निर्माणको थालनी भएको बताउनुभयो । यो कार्य निकै सराहनीय भएको वडाअध्यक्ष रानाको भनाइ छ । 

    सरकारले ढिलै भए पनि पुर्ननिर्माण कार्यका लागि प्राविधिकहरु घरघरमा पठाउनु आफूहरुका लागि स्थायी वासमा बस्न पाउने आसा पलाएको भेरी नगरपालिका १ का भूकम्प पीडित पुर्ण वहादुर रावतको आशा छ । 

    जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटमा ४० हजार ४१ घर धुरी लाभग्राही कायम गरिएको छ ।


    तेस्रो आँखा