• ट्रेण्डिङ्ग :
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीको तेस्रो समूह उत्तरी भारतमा अवतरण

अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीको तेस्रो समूह उत्तरी भारतमा अवतरण


  • 4.3K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.6K Views

    अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीको तेस्रो समूह उत्तरी भारतमा अवतरण

    नयाँदिल्ली, फागुन ५ । एक सय १२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसरको विमानस्थलमा अवतरण गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

    images

    राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट निर्वासित भारतीयहरूको यो तेस्रो समूह हो ।

    अधिकारीहरूका अनुसार सी–१७ अमेरिकी सैन्य विमान आइतबार राति अमृतसर विमानस्थलमा अवतरण गरेको थियो ।

    आप्रवासन, प्रमाणीकरण र पृष्ठभूमि जाँचसहित सबै औपचारिकता पूरा गरेपछि निर्वासितहरूलाई आफ्नो घर जान अनुमति दिइने अधिकारीहरूले बताए ।

    शनिबार राति एउटा अमेरिकी सैन्य विमानले एक सय १६ भारतीय आप्रवासीलाई अमृतसर ल्याएको थियो । यसअघि फेब्रुअरी ५ मा एक सय चार भारतीयलाई संयुक्त राज्य अमेरिकाबाट फिर्ता पठाइएको थियो ।

    दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै ट्रम्पले अवैध आप्रवासीहरू विरुद्ध व्यापक कारबाही सुरु गर्नुभएको छ ।

    गत हप्ता संयुक्त राज्य अमेरिकामा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना कुनै पनि नागरिकलाई फिर्ता लिने बताउनुभएको थियो । 


    तेस्रो आँखा