• ट्रेण्डिङ्ग :
जुम्लामा १ हजार २८ जनाले घरदैलो निःशुल्क स्वास्थ्य सेवा पाए

जुम्लामा १ हजार २८ जनाले घरदैलो निःशुल्क स्वास्थ्य सेवा पाए


  • 2.0K
    SHARES
    • फाल्गुण ६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.0K Views

    जुम्लामा १ हजार २८ जनाले घरदैलो निःशुल्क स्वास्थ्य सेवा पाए

    मुगु, ६ फागुन । कर्णाली प्रदेशको जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । 

    images

    हिमा गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हिमा, सिंन्जा गाँउपालिका र कालीकोटको नाग्मामा बस्ने नागरिकले सेवा लिएका हुन् ।

    फागुन ३–४ गतेसम्म सञ्चालित शिविरमा महिला ७०९ जना र पुरुष ३१९ जनाले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताउनुभयो।

    स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार स्त्री तथा प्रसुति, हाडजोर्नी, नाक कान, घाटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले सेवा दिएका समेत बताएका छन् । 

    १० जना चेकजाच गराउन आएका नागरिकको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ ।
    दुई दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिकता स्वास्थ्य केन्द्र कालीका खेतुमा हस्तान्तरण गरिएको हुँदा आउदा दिनमा यस केन्द्रमा उपचार गराउन आउने नागरिकको लागि राहत हुने समेत बताएका छन  ।

    नागरिकको घरदैलोमै दुई दर्जन विशेषज्ञ चिकित्सकको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नको लागि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय धेरै पटक पहल गर्दा शिबिर सन्चालनमा पालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा पालिकाा भित्र रहेका नागरिकहरुको केही स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनको शिबिर सन्चालन गरिएको  हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो । 

    निशुल्क स्वास्थ्य शिबिरमा वाथरोग, हाडर्जोर्न, ग्याष्टिक ,महिलाको लल्लो पेट दुख्ने, दम, आँखा, दात, कान, पाइल्स सम्बन्धिका बढी बिरामीहरु भेटिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयमा डाक्टर लक्ष्मी नारायण तिवारीले बताृनु भएको छ  ।

     


    तेस्रो आँखा