• ट्रेण्डिङ्ग :
नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ

नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ


  • 2.3K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.5K Views

    नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ

    काठमाडौँ, फागुन ८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नीति निर्माण मार्फत  दुरसञ्चारमा रुपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएकोछ।

    images

    काठमाडौँमा बिहीबार टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेसन्स इनसाइट्स अन पोलिसी एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले  मन्त्रालयले यो वर्ष भित्र दुरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याउने र रुपान्तरण हुने बताउनु भएको हो। 

    “मैले यो वर्ष जसरी पनि दुरसञ्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा गर्छु र सदनमा पुर्याउछु,” उहाँले भन्नुभयो,“नीति र ऐन परिमार्जन नगरी दुरसञ्चारको कार्यशैलीमा रुपान्तरण ल्याउन कठिन छ।”

    नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नीति परिमार्जन सँगै दुरसञ्चारको गति प्रभावकारी बनाउन टेक्नोलोजी जेनेरेसन समेत पच्छ्याउनु पर्ने बताउनुभयो। 

    उहाँले फोजीलाई देशभर पुर्याउने र फाइभ जीको सुरुवात गर्ने मन्त्रालयको प्रतिबद्धता रहेको सुनाउनुभयो। अबको पुस्ता प्रविधिको गति सँगै हिँडेन भने विकासको दृष्टिलेपछि पर्ने धारणा राख्दै मन्त्री गुरुङले डिडिटल विकासमा मन्त्रालयका गतिविधि केन्द्रित रहेको विश्वास व्यक्त गर्नुभयो। 

    “सेकेन्ड सेकेन्डमा प्रविधिको विकास बढ्दैछ”, उहाँले भन्नुभयो,“यो गति पच्छ्याउन नसके हामी पछाडि पर्छौँ।”

    सरकारको प्रतिबद्धता अनुसार प्रत्येक घर घरमा टेलिफोन र इन्टरनेट नेटवर्क पुर्याउने हो तर, यसका लागि प्रर्याप्त अभ्यास गर्न र नीतिगत सुधार गर्नतर्फ लाग्न जरुरी रहेको मन्त्री गुरुङको जोड छ। मन्त्री गुरुङले दुरसञ्चार प्राधिकरण ऐन सँगै यसको छुट्टै नीति समेत निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो।

    त्यस्तै, कार्यक्रममा बोल्दै सञ्चार सचिव राधिका अर्यालले दुरसञ्चार ऐन र नियमावली परिमार्जन गर्ने आवश्यक महसुस गरिएको बताउनुभयो। टेलिकमको सेवालाई परिमार्जन गरेर इनोभेटिवस सर्भिस अपनाउदा प्रभावकारी हुने धारणा राख्दै सचिव अर्यालले  दुरसञ्चार सुध्रिण गर्न सरकार सधै तत्पर रहेको बताउनुभयो। 

    कार्यक्रममा विभिन्न सत्रमा प्रविधिको विषयमा छलफल भएको थियो।  


    तेस्रो आँखा