काठमाडौँ, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ।
पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको बताउनुभयो।
“हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म कुरा ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ। यसको सत्यताका कसैले चुनौती दिन सक्दैन’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन। त्यो सबै राधिकाको कमाइ र मेहनत हो। त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ। मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ। राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ।’’
प्रधानमन्त्री ओलीले आफ्नो एक मानोको बन्दोबस्त मात्रै भएको, देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफूू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफबाह फैलाइएको टिप्पणी गर्दै मुलुकका लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताउनुभयो।
“जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन्। सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन्। जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्।’’, नेकपा ९एमाले० का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “मलाई धेरैले माया र साथ दिन्छन्। मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन। मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पति हो।’’
