• ट्रेण्डिङ्ग :
सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : मन्त्री सिंह

सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : मन्त्री सिंह


  • 2.7K
    SHARES
    • फाल्गुण ११, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : मन्त्री सिंह

    काठमाडौं, ११ फागुन । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । आइतबार भौतिक समितिको बैठकमा बोल्दै उनले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने बताउनु भएको हो ।

    images

    उहाँले भन्नुभयो ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ । सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो । मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ ।’ 

    साथै उहाँले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताउनु भएको छ । उहाँले काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हामीले हाम्रो मोडल जुन छ यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अब अहिले जुन हाम्रो नयाँ सहरको कन्सेप्ट छ जुन काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि समय त लाग्छ । तर काम गर्नको हामी तयार भएर मोडललाई ध्यान दिएर काम गर्नुपर्छ ।’

     

     


    तेस्रो आँखा